सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । मंगलवार खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन् ।
तत्कालीन सचिव जीवराज बुढाथोकी उमेर र दोहोरो सुविधा लिएको विवादमा परेपछि राजीनामा दिएका थिए ।
नवनियुक्त सचिव खड्काले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सभामुख गुरुङ समक्ष पद तथा गोपनीयता शपथ लिएका हुन् ।
नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।




प्रतिक्रिया