प्रधानमन्त्री बालेन बुद्ध जयन्ती समारोहमा नजाने


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुद्ध जयन्ती समारोहमा नजाने भएका छन्

आज प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए।

यसअघि वैशाख १८ गते परेको २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो ।

रोक्काले दिएको जानकारी अनुसार बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको छ ।