बुद्ध जयन्ती समारोहमा सभामुख डोलप्रसाद अर्याल जाने


काठमाडौँ । लुम्बिनीमा हुने २५७० औं बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल जाने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुद्ध जयन्ती समारोहमा नजाने भएसँगै सभामुख अर्याल जाने भएका हुन् ।

यसपटक वैशाख १८ गते बुद्ध जयन्ती परेको छ ।