काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, रथी माधव थापा, सहायक रथी शक्तिजंग बस्नेतलाई प्रधान सेनापति सिग्देलले बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
उनीहरूलाई नेपाल सरकारले बैशाख १० गते उपरथीमा बढुवा गरेको थियो।
दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका बलाअधिकृत, रथीवृन्द, अधिकृत लगायतको उपस्थित रहेको थियो।





प्रतिक्रिया