काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
उनका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई प्रकाशनरप्रसारण गर्न नदिने यस्तो निर्णयले प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्ने खतरा हुन्छ । उनले यस विषयलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको र संसदभित्र तथा संसदीय समितिका बैठकहरूमा पनि प्राथमिकताका साथ उठाउने बताए ।
सरकारी विज्ञान सरकारी सञ्चारमाध्यमलाई मात्रै उपलब्ध गराउने बालेन सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित छ ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतको टोलीले नेता आङ्देम्बेलाई सरकारी विज्ञान सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारको निर्णय खारेजको लागि दबाब दिन ध्यानाकर्षण गराएको थियो ।




प्रतिक्रिया