राष्ट्रपति पौडेलले दिए बुद्ध जयन्तीको शुभकामना,के भने ?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीको शुभकामना दिएका छन् ।

५७०औँ बुद्ध जयन्तीको शुभकामना दिँदै पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याउने बताएका छन् ।

शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।