पेस्तोल र लागूऔषध सहित चार जना पक्राउ


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।