काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया घर भएका २० वर्षीय ईन्द्र जित शाह कलुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना .१ ज ७१७८ नम्बरको टाटा सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमती च्यसिङडोलबाट अवैध लागूऔषध पोलेन ८ सय २१ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने रूकुम पूर्व घर भएकी ३३ वर्षीया कमला गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७ ग्राम सहित भारत अररिया जोगमणि नगर पन्चायत-५ बस्ने २२ वर्षीय निकेश कुमार शर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८६६९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रदिप दाहाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका-१ बस्ने २२ वर्षीय सुकराज उरावलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय गणेश कुमार यादव र ४२ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले बिआर ३२ डि ५८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-५ सिमराना बस्ने १६ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-७ हर्कटेबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ८० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपालिका-७ बस्ने २३ वर्षीय समिर गोले र माइजोगमाई गाउँपालिका-५ बस्ने २५ वर्षीय मनोज खत्री रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले फिक्कलबाट झापातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प १२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, दुहवी नगरपालिका-१० चरैयाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय ददुवा पासवानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास बस्ने २५ वर्षीय सजिब राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सजिबको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ फोकल्याण्ड बस्ने ३० वर्षीय सुरज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.२९ प २९४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका-११ भोजाडबाट नियन्त्रित लागूऔषध नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल, डाइजेपाम ६ एम्पुल र नगद १ लाख ७९ हजार २ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ बस्ने २६ वर्षीय प्रकाश परियार, ३० वर्षीय अर्जुन कुमाल र २७ वर्षीय सुमन गुरूङ रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.६५ प ९२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८८ ट्याब्लेट सहित तनहुँ आँबुखैरेनी गाउँपालिका-३ घर भएका २२ वर्षीय कुशल गुरूङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट अवैध लागूऔषध गाँजा ३ किलो १ सय ग्राम सहित सोही नगरपालिका-५ चौकी डाँडा बस्ने २९ वर्षीय सुरेश स्याङतानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.५६ प ११५७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा घर भएका २६ वर्षीय सुबिन थापा मगर र सोही नगरपालिका-१८ धारापानी बस्ने २७ वर्षीय अर्जुन सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुबिनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय केशब बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ सिंहपाल बस्ने ४७ वर्षीय करन ओखेडा समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ह ८४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक करन समेत उनीहरूलाई पक्राउ गरेको हो ।
जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ५५३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पर्सा, पोखरिया नगरपालिका-४ पोखरिया ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय साद आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ नयाँबस्ती बस्ने २० वर्षीय राजन घर्ती मगर र सोही उपमहानगरपालिका-६ सितानगर टोल बस्ने २१ वर्षीया मुना गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ ज्योती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट र स्पास्मो ३५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिकल राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया