सुनसरी । सरकारले काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरुमा डोजर चलाएको भन्दै धरानमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा सनिबार धरानको छाता चोकमा भेला भएर धरान बजार परिक्रमा गर्दै विरोध गरेका थिए ।
सुकुमवासीको उचित बसोबासको व्यवस्था नगरी उनीहरूको बस्दै आएको ठाउँमा डोजर चलाएको भन्दै सुकुमवासीले विरोध गरेका थिए । उनीहरूले संविधानमा नै आवासको हक भएकाले सरकारले सुकुमवासीको बसोबासको ग्यारेन्टी गर्नु पर्ने बताए ।
धरानमा वडा नम्बर १, ३, ५,,११, १३ र १५ का विभिन्न स्थानमा सुकुमवासीको बसोबास रहेको छ ।




प्रतिक्रिया