काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका होस्टल भवनहरू सुकुमवासी व्यवस्थापनका लागि प्रयोग गर्ने भएको छ।
प्राधिकरणले आज एक् सूचना जारी गर्दै होस्टलहरू सरकारलाई उपलब्ध गराइने भएकाले प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका अधिकांश तालिम कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।
प्राधिकरणको तालिम व्यवस्थापन विभागका अनुसार सरकारको अनुरोध तथा कार्यकारी निर्देशकको निर्देशनबमोजिम होस्टल भवनहरू अस्थायी रूपमा उपलब्ध गराइने भएको हो ।
सरकारले सुकुमवासी व्यवस्थापनका लागि अस्थायी आवासको रूपमा विभिन्न संरचनाहरू प्रयोग गर्ने नीति अनुरूप प्राधिकरणका होस्टलहरू प्रयोगमा ल्याउन लागेको जनाइएको छ ।




प्रतिक्रिया