अध्यादेस प्रभाव:राजिनामा दिनेहरुको लाइन,विश्वविद्यालय अनुदान आयोगका अध्यक्षले पनि दिए राजीनामा


काठमाडौं । त्रिविका तीन जना पढाधिकारीहरुले १७ बैशाखमा राजिनामा दिए । राजिनामा दिनेहरुमा त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाल थिए ।

यसैबीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । उनले शुक्रबार नै राजीनामा दिएको बताएका छन् ।


त्यसैगरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्नेगरी अध्यादेश जारी गरेसँगै राजिनामा दिनेहरुको लर्को लागेको छ ।

राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतका अनुसार, विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुनेगरी अध्यादेश जारी भएको हो ।

उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरेका छन् ।