स्थानीय तहहरूले रास्वपाको काँधमा बन्दूक राखेर हाने :रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थानीय तहहरूले रास्वपाको काँधमा बन्दूक राखेर हानेको आरोप लगााएका छन् ।

आज पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानि गर्दै उनले सो प्रतिक्रिया दिएका हुन् ।

‘अहिले सरकारले अव्यवस्थित र असुरक्षित बस्तीहरूको व्यवस्थापन गर्न खोजेको हो । तर, यही बेलामा देशभरिका विभिन्न स्थानीय निकायले रास्वपाको काँधमा बन्दुक राखेर अव्यवस्थित बसोबासीलाई ‘देख्यौँ तिमीहरूले रु’ भन्ने काम गरिरहनुभएको छ, त्यसमा हाम्रो घोर आपत्ति छ,’उनले थप भने‘लालपूर्जा नभएका भूमिहीन सुकुम्वासीका हकमा शक्तिशाली प्राधिकरण बनाएर त्यसको निर्णय कार्यान्वयन हुन्छ । असुरक्षित स्थानमा बसेकालाई स्थानान्तरण गर्ने केन्द्र सरकारको निर्णय हो । यसको आडमा ‘देख्यौ तिमीहरूलाई उठायो’ भनेर अन्य कामहरू स्थानीय तहले गरेका छन् ।