मोरङ, २१ वैशाख । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया