काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
तर, समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ ।
यो समितिको कार्यक्षेत्र अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पर्दछ ।




प्रतिक्रिया