मुख्य सचेतक तथा सचेतकहरुसँग सभामुख,छलफलमा के-के भयो ?


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आज ६ वटै दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

सभामुख अर्यालले संसदको आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक एवं सचेतकहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न दलहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘ बैठकमा अहिलेको धरातलीय यर्थाथ, संसदले व्यहोर्नुपरेका समस्यालाई कसरी चिर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो ।

नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरुले आग्रह गरेको बताइन् । उनले छलफलको कुनै ठोस एजेण्डा नभएपनि सभामुख अर्यालले संसदको प्रभावकारिता बढाउन विपक्षी दलहरुसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गरिन् ।

छलफलमा सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने बताइएको छ ।