सर्वोच्चले गर्यो भूमि सम्बन्धी ऐन बदर


काठमाडाैँ । सर्वोच्च अदालतले भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (च) बदर गरिदिएको छ ।

साेमबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उक्त दफा बदर हुने फैसला सुनाएको हो ।

अधिवक्ता सागर अधिकारी समेतले दायर गरेको रिटको सुनुवाइपछि संवैधानिक इजलासले रिट निवेदकको माग बमोजिम रिट जारी गरेको हो ।

संवैधानिक इजलासले दफा १२(च) मा सकार गरेको जग्गा बेचबिखन गर्नु पर्ने, बैङ्क वा वित्तीय संस्था वा सहकारी सङ्घ संस्थाले कर्जा सुरक्षण बापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैङ्क वा वित्तीय संस्था वा सहकारी सङ्घ संस्था आफैँले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरी सक्नु पर्नेछ।

सो अवधिभित्र बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्नका लागि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था छ।