काठमाडौं, वैशाख २१ । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा फसेका पाँच वटा माइक्रो र यात्रुको उद्धार जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरिक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सहायक प्रहरी उपरिक्षकको कमान्डमा खटिएका २५ जना र नेपाली सेनाको सेनानीको कमाण्डमा खटिएका १८ जनाको सैनीक टोलीले यात्रुको उद्धार जारी राखेको हो ।
करिव ६०/६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेको र खोलामा पानीको वहाव समेत घट्दै गएकाले एक्स्काभेटरको माध्यमबाट उद्धार जारी रहेको उद्धारमा खटिएका एक जवानले जानकारी दिए । प्रहरीले रोक्दारोक्दै जबर्जस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको जनाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका-७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १५० वटाभन्दा बढी सवारी साधनलाई रोकिएको छ ।





प्रतिक्रिया