काठमाडौं, वैशाख २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठक आज बस्दैछ । बैठक कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा दिउँसो ३ बजे बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलाे बैठक बस्न लागेको बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया