काठमाडौं, वैशाख २२ । अविरल वर्षापछि बढेको रोशी खोलाको बहावका कारण बीच धारमा फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।
सोमबार साँझदेखि परेको निरन्तर वर्षाले खोलाको बहाव ह्वात्तै बढेपछि पाँचवटा माइक्रोबस बीच भागमै अड्किएका थिए। ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धारपछि सबै यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ।
उद्धार कार्यका क्रममा सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी रोक्न निर्देशन दिएको भए पनि चालकहरूले लापरवाहीपूर्वक सवारी चलाउँदा यात्रुहरूको ज्यान जोखिममा परेका थिए । उक्त घटनामा संलग्न पाँचवटा माइक्रोबसका चालकहरूलाई नियन्त्रणमा लिइएको छ।




प्रतिक्रिया