चितवन, भरतपुर महानगरपालिका-११ कमलादेवीमाई टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही महानगरपालिका-११ बर्मेलीटोल डेरा गरी बस्ने सोही महानगरपालिका-१५ फुलबारी घर भएका ३७ वर्षीय अन्सु श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१५ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ९ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका-१६ बस्ने ३२ वर्षीय रूपेश लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.६२ प ८१२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय भक्त राज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-४ नर्सिङबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय पारस राई र इलाम माई नगरपालिका-५ बस्ने २६ वर्षीय मनिष गिरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित बाह्रदशी गाउँपालिका-५ बस्ने २९ वर्षीय हरि प्रसाद न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ देवीस्थान बस्ने २४ वर्षीय गणेश भट्टराई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, देवानगंज गाउँपालिका-३ पाचौसिमरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका-५ बस्ने १९ वर्षीय सुशान चौधरी र २२ वर्षीय बिशाल चौधरी रहेका छन् । प्रहरी चौकी कप्तानगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१ -०२-०४६ प २९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१९ दिपेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक १ सय ८ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० बस्ने ३३ वर्षीय सुरज गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका-१ बस्ने २२ वर्षीय निरज थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले भे.८ प ११७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मेजर चौताराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र डाइक्लोमाइन १ सय ४० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल राई, ३२ वर्षीय बिपिन सुब्बा र ३२ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बिपिनले प्रयोग गरेको को.प्र.०५-००१ ह ०७९९ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ ।
तनहुँ, व्यास नगरपालिका-४ भोर्लेटार चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही नगरपालिका-११ डिगाउँ बस्ने २७ वर्षीय ईनाम गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-६ विद्युत टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका-१० बस्ने २५ वर्षीय सर्वन कुमार परियार र २३ वर्षीय सन्देश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले से. ५ प ५३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय बसन्त मोक्तान र ४० वर्षीय सुवास कुमार राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ हिले बस्ने ३४ वर्षीय राजेश तामाङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी कोठामा रहेका बसन्त र सुवासलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया