काठमाडौं । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० महिलाविरुद्ध मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।
शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आज मंगलबार अनुसनधान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै पाठक माइतीघरमा धर्ना बसेकी थिइन् । सोही ठाउँमा गएर अम्बिका बस्नेतसहितको समूहले आक्रमण गरेको थियो ।




प्रतिक्रिया