काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी तथा अव्यवस्थित बसाेवासीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
आज कीर्तिपुरस्थित सुकुम्वासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद भएको बताए ।
घिसिङले सेल्टरमा रहेका सुकुम्वासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गरे । हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको बताए ।
बसोबासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ छ ।
उनले हालैको आत्महत्याको घटनालाई दुःखद भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाव दिए ।




प्रतिक्रिया