आईपीएल : दिल्लीविरुद्ध चेन्नई विजयी, आज हैदरावाद र पञ्जाव भिड्दै


काठमाडौं, वैशाख २३ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सले भिड्दैछन् ।