काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।
बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिन लागेको दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।




प्रतिक्रिया