गुटबन्दी अन्त्य गर्न कांग्रेसका शीर्ष नेता सहमत


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल गरेका छन् ।

गोल्फुटारमा तीन नेताबीच कुराकानी भएको थियो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।

खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएका थिए ।

सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाव दिएको नेताहरूसमक्ष उल्लेख गरेका थिए ।

यसअघि सभापति थापाले हिजो बिहान कांग्रेस नेता डा. शेखर कोइरालासँग परामर्श गरेका थिए ।