अवैध लागूऔषध सहित दुई जना पक्राउ


बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय अलताब किंगरीयालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, व्यास नगरपालिका-२ उत्तरशीला बस्ने २९ वर्षीय पूर्ण बहादुर थापालाई अवैध लागूऔषध गाँजा ९ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।