काठमाडौं, वैशाख २३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसकेको बताएका छन् । हर्क र सुदनबीचको एकतालाई लिएर आइरहेका विभिन्न अफवाहलाई चिर्दै उनले किराती पार्टीमा जोडिइसकेको बताएका हुन् ।
सामाजिक सञ्जालमा साम्पाङले भनेका छन्, ‘सुदन किराती ज्यु श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो, त्यो भनेर अफवाह नफैलाउनू ।’ वरिष्ठ नेताको रुपमा सुदन श्रम संस्कृतिमा जाने चर्चा चले पनि औपचारिक निर्णय भने भएको छैन ।




प्रतिक्रिया