न्यायपालिका र संवैधानिक अंगलाई पार्टीकरणको चपेटामाबाट मुक्त गर्न कमल थापाको सुझाव


काठमाडौं, वैशाख २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले सरकार सञ्चालनको लागि महत्वपूर्ण मानिने सबै क्षेत्र राजनीतिक चपेटामा पर्दा सरकारको काम प्रभाबकारी हुन नसकेको बताएका छन् ।

न्यायपालिका लगायतका संवैधानिक निकायहरूमा दलीय भागबण्डाका आधारमा हुने राजनीतिक नियुक्तिहरूको शृङ्खला तत्काल अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले विगतको विकृत परम्परा र कथित वरीयताका नाममा पार्टीगत भागबण्डाको आधारमा झन्डै एक दशकका लागि न्यायालयमा सेटिङ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। आफ्नो कुनै व्यक्ति विशेषसँग कुनै रिस, राग वा पूर्वाग्रह नरहेको र कतिपय आकांक्षीहरू योग्य समेत रहेको स्पष्ट पार्दै उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति हुनै लाग्दा यस्तो टिप्पणी गरेका हुन्।