संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्र होस्, जिसस पर्दैन : बास्कोटा


काठमाडौं, वैशाख २४ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुकको विद्यमान संघीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रदेश तहको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

नेता बास्कोटाले प्रदेश र जिल्ला समन्वय समिति (जिसस) को आवश्यकता नरहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ?गर्ने हो भने केन्द्र र पालिका मात्र होस।राष्ट्रिय सभा 105सिट,पुरै समावेसी महिला पुरुष50%-50%उपराष्ट्रपति नै सभाध्यक्ष हुने ब्यबस्था होस।प्रतिनीधिसभा समानुपातिक सिट खारेज,महिला पुरुष 40%-60% प्रत्यक्ष।जिसस पर्दैन।’