काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई कम्पनिलाई कारबाही गरेको छ ।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो ।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमा शुल्कमा छुट तथा सहुलियत दिएको पाइएपछि दुई लाख रूपैयाँ जरिवाना गरेको हो।
प्राधिकरणका अनुसार कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएको थियो।
यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि पाँच हजार रूपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।





प्रतिक्रिया