बलात्कार आरोपमा वडाध्यक्ष बुढा पक्राउ


जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

उनलाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी अनुसन्धान गर्न अदालतले पाँच दिनको समय म्याद थप गरेको छ ।

‘पीडित महिलाले आफूलाई वडाध्यक्ष बुढाले पटक–पटक धम्क्याउदै जबरजस्ती करणी गर्ने गरेको भन्दै उजुरी दिएकी थिइन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।