बुटवल । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो ।
सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरेअनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने माग गरिएको छ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेनविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
रुपन्देहीबाट मात्रै ८० हजार भन्दा बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएको जनाइएको छ ।
रुपन्देहीमा मात्रै करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी रहेको एक तथ्यांक छ ।




प्रतिक्रिया