काठमाडौँ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाली भूमि लिपुलेकमा नेपालले दाबी गर्नु ठिक नभएको बताएका छन् ।
बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले यस्तो बताएका हुन् ।
‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं,’ उनले भने ।
काठमाडौले लिपुलेक पासमा भइरहेको सडक निर्माण र प्रयोगमा प्रश्न उठाए पनि भारतले भने आफ्नो अडानमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।
यद्यपी सीमा विवाद समाधानका लागि भारत नेपालसँग छलफल गर्न तयार रहेको उनले बताए ।




प्रतिक्रिया