काठमाडौं । संवैधानिक परिषद् बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन् ।
प्रधानमन्त्री बालेन शाहले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै असहमति जनाएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उनीहरुले भने सिफारिसमा रोलक्रम मिचिएको भन्दै असहमति जनाएको स्रोतले बतायो ।
प्रधानमन्त्रीले न्याय सम्पादन मात्र भनेर भएन न्याय सम्पादन र विज्ञका हिसाबले शर्मालाई प्रस्ताव गरिएको भन्दै दलिल पेश गरेका थिए ।




प्रतिक्रिया