काठमाडौं, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्ने तर्क राखेका छन्।
चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ नभएको उल्लेख गर्दै खत्रीले मान्छे मरेपछि कहाँ जान्छ, स्वर्ग र नर्क हुन्छ कि हुँदैन जस्ता सबै तर्क र बहसका विषय भएको भनाइ राखेका छन्।
उनले लेखेका छन्, ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ । चार नम्बरले जित्न हुँदैन भनेर रूनुको अर्थ छैन । मान्छे उमेरले होइन- कर्मले श्रेष्ठ हुन्छ । मान्छे मरेपछि कहाँ जान्छ ?! स्वर्ग र नर्क हुन्छ कि हुँदैन ?! यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ ।‘




प्रतिक्रिया