रास्वपाले पुनः नीति मन्थन कार्यक्रम गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः ‘नीति मन्थन’ कार्यक्रम शुरु गर्ने भएको छ ।

वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकमा भएको छलफलको आधारमा नीति मन्थन कार्यक्रम पुनः शुरु गर्न लागिएको हो ।

उक्त कार्यक्रम पुनः शुरु हुनुपर्नेमा रास्वपा पार्टी सभापति रवि लामिछानेले पनि जोड दिएको बताइएको छ । यसैबीच, आगामी वैशाख २७ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा नीति मन्थन कार्यक्रम राखिएको जनाइएको छ ।

रास्वपाले यसपटकको नीति मन्थन कार्यक्रममा ‘विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’का विषयमा हुनेसमेत प्रस्ट पारेको छ ।