स्याङ्जा । कालीगण्डकी ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको पावरहाउस सफाइ गरिने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । कालीगण्डकी गाउँपालिकास्थित बेल्टारीमा रहेको केन्द्रले पावरहाउसका ३ वटै मेशिन पूर्णरूपमा बन्द गरी आज साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत गर्ने जनाएको छ ।
‘कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पावर हाउसको बृहत् मर्मतका क्रममा सबै टर्वाइन मेशिन बन्द हुने र सुरुङ हुँदै पावरहाउमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोली नदी पुरानै बहाव क्षेत्रमा बगाइने जनाइएको छ ।
यसरी सुरुङमार्फत पावरहाउसतर्फ जाने पानीलाई डाइभर्ट गरिने र मिर्मीस्थित ड्यामका सम्पूर्ण गेट खोल्दा कालीगण्डकी नदीमा पानीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने तथा नदी सतह बढ्न सक्ने उल्लेख गरिएको छ ।
यसैबीच, केन्द्रले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न आग्रह छ ।




प्रतिक्रिया