सर्वोच्चको आजको दैनिक पेशी सूची अरु दिनभन्दा दुई घण्टा ढिलो सार्वजनिक


काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको जनाइएको छ ।

तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक कारण’ले पेशी सूची सार्वजनिक हुन ढिला भएको बताए ।

आजको पेशी सूचीमा वरिष्ठताको क्रममा पहिलो नम्बरमा रहे पनि प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नपरेकी सपना प्रधान मल्ल इजलासमा बसेको देखिँदैन । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा पनि आजको इजलासमा देखिँदैनन् ।

उनी फुलकोर्टको बैठकमा सहभागी भएर आफ्नो संक्षिप्त भनाइ राख्दै बाहिरिएका थिए ।
उक्त बैठकका कारण दैनिक पेशी सूची अरु दिनभन्दा दुई घण्टा ढिलो गरी सार्वजनिक भएको हो ।