रामेछाप कांग्रेस:कान्छाराम निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज थोकरलाई


काठमाडौं । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति कान्छाराम तामाङ निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज थोकरलाई दिएको छ ।

१५ औँ महाधिवेशनको कार्यकतालिका अनुसार सांगठानिक गतिविधि गर्न र पार्टीलाई गतिशील बनाउन सभापति गगन थापाले थोकरलाई जिम्मेवारी दिइएको हो।

सभापति थापाबारे विवादित अभिव्यक्त दिएपछि पूर्वराज्यमन्त्री समेत रहेका कान्छारामलाई अनुशासन समितिले निलम्बन गरेको थियो।