सुकुमबासीको प्रदर्शनमा नेता श्रेष्ठको सम्बोधन-‘सरकारले सुकुमबासीलाई मान्छेजस्तो व्यवहार गरेन’


जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकारले सुकुमबासीलाई मान्छेजस्तो पनि व्यवहार नगरेको टिप्पणी गरेका छन् ।

शुक्रबार सर्लाहीको बागमती नगरपालिकाको कर्महियामा सुकुमवासीहरूले गरेको प्रदर्शनमा सहभागि भएका नेता श्रेष्ठले त्यस्तो टिप्पणी गरेका हुन् । ‘सुकुमवासी मान्छे होइनन्, नागरिक होइनन् भन्ने सरकारलाई सुकुमवासी पनि भन्नसक्नुपर्छ– तिमी पनि सरकार होइनौं,’ उनले भने ।

नेता श्रेष्ठले सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन पनि सबै सुकुमवासीसँग आग्रह समेत गरे ।

प्रदर्शनमा डोजर आतंक बन्द गर, आवासको हक प्रदान गर, हामीलाई यस्तो सरकार चाहिँदैनसहितका नारा लागेका थिए ।