काठमाडौं । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति कान्छाराम तामाङ निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज थोकरलाई दिएको छ ।
पार्टी सभापति गगन थापाले थोकरलाई रामेछाप जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएसँगै अर्का उपसभापति लेख बहादुर कार्कीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत बालेनले सुकुम्बासीलाई लगाएको भन्दा ठूलो डोजर सभापति थापाले रामेछापमा लगाएको टिप्पणी गरेका हुन् ।
‘बालेनले सुकुम्बासीलाई लगाएको भन्दा ठूलो डोजर गगनले रामेछापमा लगाए,’ उनले फेसबुकमा लेखेका छन् ।
सभापति थापाबारे विवादित अभिव्यक्त दिएपछि पूर्वराज्यमन्त्री समेत रहेका कान्छारामलाई अनुशासन समितिले निलम्बन गरेको थियो।




प्रतिक्रिया