काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने घोषणा गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन अपानी मा जेठ मसान्तभित्र सबै वडातहसम्मको समायोजन प्रक्रिया टुंगो लगाउने बताइएको छ।
असार १ गतेदेखि साउन १५ गतेसम्म श्रम कार्यमा जोडिँदै पार्टी सदस्यता नवीकरण र विस्तार गर्ने, भदौ १ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि मसान्तसम्म पालिका र असोज मसान्तसम्म जिल्लाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने अपानीमा उल्लेख गरिएको छ।
पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी मान्यताअनुसार निर्वाचित हुने र निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाको समावेशीता रहने छ । युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याइने पार्टीले जनाएको छ ।




प्रतिक्रिया