तीव्र आलोचनापछि उपसभामुखले हटाइन् च्याटजीपीटीबाट तयार गरेको धारणा


काठमाडौं, वैशाख २६ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको दाबी फेसबुकबाट हटाएकी छिन् । शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नभएको प्रतिक्रिया दिएकी थिइन् ।

प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ ।चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख ठाकुरले च्याटजीपीटीको साहारामा आफ्नो धारणा सार्वजनिक गरेकी थिइन् । तर, च्याटजीपीटीले दिएको सल्लाहलाई जस्ताको त्यस्तै स्क्रिनसट लिएर पोस्ट्याएपछि उनको कार्यक्षमता र योग्यतामाथी तीव्र आलोचनापछि आफ्नो टिप्पणी समाजिक सञ्जालबाट हटाएकी छन् ।

उनले उनले च्याटजीपीटीको सहारामा कुन न्यायाधीश कुन दलनिकट भनी उल्लेख गरेकी थिइन्
जसअनुसार,
सपना प्रधान मल्ल — पूर्व संविधानसभा सदस्य भएकाले प्रायः नेकपा एमाले निकट मानिन्छन्।
कुमार रेग्मी — सार्वजनिक चर्चामा नेपाली कांग्रेस निकट भनिन्छ। केहीले एमाले नेतासँग पनि निकट सम्बन्ध रहेको उल्लेख गर्छन्।
हरि प्रसाद फुयाँल — पूर्व महान्यायाधिवक्ता भएकाले नेकपा एमाले निकट मानिने चर्चा छ।
मनोजकुमार शर्मा — स्पष्ट रूपमा कुनै दलसँग जोडिएको सार्वजनिक विवरण धेरै देखिँदैन।
नहकुल सुवेदी — सार्वजनिक रूपमा कुनै दलसँग स्पष्ट निकटता खुलेर आएको छैन।
तिलप्रसाद श्रेष्ठ — सार्वजनिक रूपमा दलगत निकटताको स्पष्ट विवरण छैन।