पशुपति राम मन्दिर माथिको जंगलमा ग्रिनेट बम भेटियो

File Photo

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको राम मन्दिर माथिको जंगलमा ग्रिनेट बम भेटिएको छ।

तीनवटा प्लाष्टिकको ग्रिनेट बम भेटिएको प्रहरी स्रोतले बताएको छ।

बम भेटिएपछि अहिले नेपाली सेनाको डिस्पोजल टोली डिस्पोज गर्नका लागि पुगेको छ।