नेकपा सुदूरपश्चिम प्रदेश:भीम रावलले लिएनन् जिम्मेवारी


धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा हेरफेर गरेको छ।

यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ। जोशी नेता माधवकुमार नेपाल निकटका नेता हुन् ।

जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए।

यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ।