कम्युनिष्ट पार्टीहरुबीचको एकतामा दाहालको जोड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी, नेकपाका संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता औँल्याएका छन् ।

कोटेश्वर पेरिसडाँडामा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा उनले कम्युनिष्ट एकतामा जोड दिएका हुन् ।

नेपालमा अझै पनि कम्युनिष्टहरुको जनतामा उल्लेख्य प्रभाव रहेको जिकिर गर्दै दाहालले फेरि श्रमजीवी वर्ग र कम्युनिष्ट एकता गरेर नयाँ यात्रा थाल्लुपर्ने उल्लेख गरेका हुन् ।

एकता र विभाजनका धेरै शृंखला हुँदै नेपाली कम्युनिष्ट यहाँसम्म आएको भन्दै उनले अहिले एकताको आवश्यकता झनै बढेको दाबी गरे । मुलुकमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको तर्क गर्दै दाहालले राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गरे ।

नेपालबाट कम्युनिष्टहरुलाई सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू सक्रिय भएको पनि दाहालले आरोप लगाएका छन् ।