सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश सह-महामन्त्री पदमा राजबहादुर शाह र अविसरा सुवेदीलाई नियुक्त गरेको छ।
आइतबार बसेको रास्वपा केन्द्रिय सचिवालय बैठकले उक्त निर्णय गरिएको प्रवक्ता मनिष झाले जानबारी दिए ।
पुरुषतर्फ यसअघि सह–महामन्त्री रहेका हरि अधिकारीमाथि वन उपभोक्ता समितिको रकम हिनामिनामा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
त्यससँगै पद खाली भएको थियो । यस्तै, महिलातर्फको सह–महामन्त्री पद भने अघिल्लो वर्ष देखिनै खाली थियो ।हिलातर्फको सह–महामन्त्री पद भने अघिल्लो वर्ष देखिनै खाली थियो ।




प्रतिक्रिया