काठमाडौँ । आज प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्तर्गत पहिलो बैठक बस्दैछ ।
वर्षे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । यसैबीच विपक्षी दलहरू उक्त बैठकमा संवैधानिक परिषद्लगायत सरकारले ल्याएका अध्यादेश र सुकुमबासीको व्यवस्थापनका विषयमा सशक्त प्रतिवाद गर्ने तयारीमा जुटेका छन् ।
प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू एकमत रहेको एक नेताले बताए ।
सोमबार लगातार तीन वटा बैठक बोलाइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।




प्रतिक्रिया