काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रतिनिधि सभाको बैठकमा प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक युवाराज दुलालले जानकारी दिए ।
त्यस्तै संसद् बैठकमा पार्टीले अधिवेशनमा सुकुम्वासी समस्याको अविलम्व प्रभावकारी समाधान गर्नुपर्ने, संसद् छलेर ल्याएको अध्यादेशहरूको सवाल, प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने, प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयलाई उठाउने उनले बताए।




प्रतिक्रिया