अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो


ह्युस्टन, २८ वैशाख । अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’ मा छ जना मृत अवस्थामा फेला परेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

लारेडो प्रहरी विभागका अनुसार मालवाहक रेल कम्पनी युनियन प्यासिफिकका एक कर्मचारीले अमेरिका–मेक्सिको सीमा नजिकै रहेको एउटा मालबाहक रेलमा ती शव फेला पारेका हुन् ।

ती व्यक्तिहरूको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको टाइम्सले जनाएको छ।

प्रहरीका एक सार्वजनिक सूचना अधिकारी जोस एस्पिनोजालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ, “यो एक धेरै दुर्भाग्यपूर्ण घटना हो । घटनामा धेरै व्यक्तिको मृत्यु भएको छ ।”

रेल रोकिएको नजिकको तापक्रम आइतबार ९० फरेनहाइट (३२ डिग्री सेल्सियस) पुगेको थियो ।

सन् २०२३ मा टेक्सासमा रेलमा फसेका दुई आप्रवासीहरूको मृत्यु भएको थियो।

एक वर्ष पहिले, ५३ आप्रवासीहरू टेक्सासको एक छुट्टै तातो सडकमा ट्र्याक्टर–ट्रेलरमा रहेका समय मृत्यु भएको थियो । रासस